उमेश रेग्मी

माया कति मीठो हुन्छ, गरेपछि थाहा होला
मृत्यु कति तीतो हुन्छ, मरेपछि थाहा होला ।

घटीबढी गर्नु हुन्न, रूप रङ्को मोलतोल
रुपैयाँको छलभित्र, परेपछि थाहा होला ।

सुम्पिदेऊ अनमोल, जीवनको नासो तिमी
हेर्दाहेर्दै शुभ घडी, टरेपछि थाहा होला ।

मनमनै रामनाम, जपी बस्नु राम्रो हुन्न
कलियुगे रावणले, हरेपछि थाहा होला ।

हदैसम्म चुरीफुरी, हेरिदिने म छु र पो
सौरभको नजर अन्तै, सरेपछि थाहा होला ।