दिवाकर भट्टराई

जुनेली रात बिताउनेले,जे पनि गर्न सक्छ।
यो हल्ला फिजाउनेले, जे पनि गर्न सक्छ।

के मेरा आँखाले धोखा, दिएका त होइनन्
नाथे परेला बिझाउनेले, जे पनि गर्न सक्छ।

सिसा जस्तै पारदर्शी, बनाउनु छ जिन्दगी !
छुटेपछि हात मिलाउनेले, जे पनि गर्न सक्छ।

बोल्न सक्ने साहस, आफूमा जुटाउदै छु
अरु लाई सिकाउनेले, जे पनि गर्न सक्छ।

शरीर र मन दुवैको, तदम्यता मिलाउनुपर्छ
मनको भारी बिसाउनेले, जे पनि गर्न सक्छ।

दमौली, तनहुँ