दिपिका अधिकारी

जबसम्म परीर्वतन बिनाको सरकार रहिरहन्छ
जनतामाझ एक प्रकारको अन्धकार रहिरहन्छ

मान्छेले मान्छेलाई छुन डराउने कानुन हुनुपर्यो
होइन भने हत्या, हिंसा र बलत्कार रहिरहन्छ

स्वतन्त्र बाच्ने अधिकारकोे सुनिश्चितता हुनुपर्छ
नत्र जीन्दगीको बेवारिसे लावालस्कार रहिरहन्छ

हामि सधैं न्याय नै हुन्छ भन्ने आशा गरीरहन्छौं
यो समाजमा सच्चा र इमान्दार पत्रकार रहिरहन्छ

अब तिमि जतिसुकै होसियारी अपनाएर हिड
तिम्रो बारेमा त ऊ सदैब जानकार रहिरहन्छ

मध्यनेपाल ,लमजुङ