भोक लाग्दा पेटमा चारो हाल्न पाए हुन्थ्यो
फाटेको मन नि थोरैथोरै टाल्न पाए हुन्थ्यो !
म त सानो मान्छे सपना नि सानै छ हजुर
एकफेर साँझमा चुल्हो बाल्न पाए हुन्थ्यो !
टायरको खस्रो धारले खुट्टा धाँजा फाट्यो
पुराना यी चप्पल पनि फाल्न पाए हुन्थ्यो !
अत्तरभन्दा पसिनाको सुगन्ध झनै मिठो
यसै गरी मालिक फेरि पाल्न पाए हुन्थ्यो !
लुट्न बाँकी के नै छ र भन अब सरकार
मैले पनि एउटा चाल चाल्न पाए हुन्थ्यो !
धर्तीमाथि श्रम गर्ने मालिक उही हो भनी
मजदुरको नाम लेख्न थाल्न पाए हुन्थ्यो !
टायरको खस्रो धारले खुट्टा धाँजा फाट्यो
पुराना यी चप्पल पनि फाल्न पाए हुन्थ्यो !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
