देवी प्याकुरेल

हलो,जुवा,कुटो कोदालोमा हली भुलेको देखेँ ।
सुनौला धानका बाला लहलह झुलेको देखेँ ।

दर्केको छ पानी झमझम त्यो दूर गगनबाट
बाउसे रोपारेहरू निःस्वार्थ प्रेममा खुलेको देखेँ ।

मानो रोपेर फल्दछ मुरी,गरे धावन्ती अनि श्रम
दङ्ग हुने छ भकारी, खमारभरि सुनै चुलेको देखेँ ।

पालेका पशु पक्षी रमेका छन् गोठ र खोर भरिभराउ
कलिला पाडा,बाच्छाहरू खुुसीले आँगनीमा डुलेको देखेँ ।

छन् सुन्दर प्रकृति छटाहरू तराई, पहाड हिमालको
गोठालाहरूको शिरैभरि असारे फूल फुलेको देखेँ ।

सुनसरी