

मुटुभित्र शूल बोकी आयौ प्रिया हाँसिरहेँ
चस्स घोच्ने फूल बोकी आयौ प्रिया हाँसिरहेँ
सोच्थेँ नहर बगाउँछौ मरु समान जिन्दगीमा
साथमा काकाकुल बोकी आयौ प्रिया हाँसिरहेँ
आशावादी हुनैपर्छ जित्नलाई भन्थ्यौ आफैँ
निराशाको मूल बोकी आयौ प्रिया हाँसिरहेँ
फर्किनेछौ बद्लिएर प्रतीक्षामा बस्नुमात्रै
भूल ओढी भूल बोकी आयौ प्रिया हाँसिरहेँ
शङ्खरापुर -१, काठमाडौँ



