फूल चाहिँ काँडाबीच पनि फुल्दो रै’छ
भवँरा चाहिँ फूलमाथि मात्र भुल्दो रै’छ ।

असिना र झरी बादल सहेर फूले पनि
चट्ट टिपी लाउने यहाँ अर्कै हुँदो रै’छ ।

दिनपछि रात आउँछ हारपछि जीत
मानिसलाई यही आशले सधैँ बाँध्दो रै’छ ।

कहिले पनि रोकिँदैन भन्थे यात्रा जिन्दगीमा
शान्त तलाउमा नि डुङ्गा डुब्दो रै’छ ।