कहिलेकाहीँ अलिकति, हाँस्न मन लाग्छ
पीरसँग खुसीको जोड़, गाँस्न मन लाग्छ।

पीर-दुःख-वेदनाले, मनलाई जिते पनि
भोलिलाई केही खुसी, साँच्न मन लाग्छ।

अतितका र वर्तमानका, दुःख भेला गरी
पल्ला भारी कस्को पर्छ, जाँच्न मन लाग्छ।

मनै त हो जसो गरे, उसै उचित हुन्छ
विरहका धुन सँग, नाँच्न मन लाग्छ।

दुःख-सुख दुवै जीवन, भन्ने जाने पनि
किन कुन्नी दुःखलाई नै, मास्न मन लाग्छ।

जिन्दगीका हरेक मोडको, हिसाब-किताब गर्न
एकान्तमा बसी औँला, भाँच्न मन लाग्छ।

कोकले पूर्व (सिक्किम)