विपिन अर्याल

जीवन के हो ? भन्ने प्रश्नमा अब ऊ अरू के बोल्छ
जसले आफ्नो गुजारा चलाउनै लासहरू पोल्छ ।।

जिन्दगीभर खुसी बचत गरेर राखेको थिएँ
उसले मेरो चाबीले आफ्नो सन्दुक कसरी खोल्छ ?।।

लक्कुढालजस्तो पदानुक्रममा मिलाएर राख्छु
कुन खेलाडी आउँछ? र फेरि मेरो जिन्दगी टोल्छ ।।

यो भट्टीको रक्सी पिएकै त हुँ कहिल्यै यसरी लागेन
नयाँ साहूले रक्सीमा पक्कै अरू केही चिज घोल्छ ।।

तिमी बेचिन लागेकै हौ? ठीक छ,यत्ति याद राख।
तिमीलाई किन्नेले भन्दा नकिन्नेले झन् धेरै मोल्छ।

पाल्पा, गल्धा ५