पूर्ण भण्डारी

हाम्राे नाम ज‍ोडी लेख्थेँ केतुकीका पातमा
नामकै टाटु खोपेँ अहिले दाहिने हातमा ।।

देख्दा मात्रै कस्तो भोकै अघाएजस्तो हुन्थ्यो
ध्यान त कहाँ जान्थ्यो र? दाल तरकारी भातमा ।।

कता कता के के गर्दै दिन त कट्छ तर

उकुसमुकस र सकस हुन्छ जहिल्यै रातमा ।।

कस्ता मृदु कुरा हुन्थे संवादमा भन्दै
बेलाबेला घोत्लिरहन्छु प्रेमपत्रको खातमा।

सात्विक थिएँ पहिले तामसिक भएको छु
मान्छे यस्तै हुँदा रहेछन् मायाको मातमा ।।

छैँठीको दिन भावीले नलेखेर होला कि?
दशा पो थियो कि खै? शनि साढे सातमा ।।

ब्रह्माण्डमै धोका भोग्ने पवित्रदीप मात्रै होस्
कोही पनि नपरून् है मायाको घातमा ।।