दिवाकर भट्टराई

आलोचना गर्ने बानीले सम्बन्धमा, धमिलो बनाउँछ।
जसरी आफ्नैँ चप्पलले पनि शिरमा, हिलो बनाउँछ।
साधुकोमा जानुहुन्छ कि, गुरुको शरणमा पर्नुहुन्छ
असल सङ्गतले हरेक मानिसलाई, गतिलो बनाउँछ।
आँखाको महत्त्व बुझ्न सके, आँसु झर्ने थिएन सायद
पीडालाई लुकाउन जाने पो मुहार, हँसिलो बनाउँछ।
प्यासी कुवा र खोलासम्म, धाउनु त ठिकै पनि हो
समुद्रसम्म पुग्न खोजेपछि पानी, नुनिलो बनाउँछ।
हेर्ने नजर राम्रो भए, नराम्रो कोही छैन ब्रह्माण्डमा
मनको राम्रो भए रूप शृङ्गारले, चम्किलो बनाउँछ।
दमौली, तनहुँ