नगर न तालुखुइलेले तेलको विज्ञापन गरेजस्तो
नेपालमा ओलीबाले रेलको विज्ञापन गरेजस्तो
आफैँ तृषित भएर काकाकुल बनेको बेलामा
खडेरिले बर्खेमास भेलको विज्ञापन गरेजस्तो
तिमी पनि बेला बेलामा वाइयत कुरा गर्दछौ
खुन्खार अपराधीले जेलको विज्ञापन गरेजस्तो
मैले जिन्दगीभर तिम्रै प्रशंसा गरिरहेँ गरिरहेँ
बिचरा कालो कौवाले बेलको विज्ञापन गरेजस्तो
आऊ यो दिलमा हामीले मायाको सरकार बनाऔँ
“झापाली -बिहारी” तालमेलको विज्ञापन गरेजस्तो
रेसुङ्गा नगरपालीका १४ पराल्मी,गुल्मी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला