
आकाश अधिकारी
तिम्रो सुन्दरताको तारिफ अति भो!
नौजाले रैछौ र अनाहकमा क्षति भो!
बिर्सेर सारा काम तिम्रो पछि दौडिरहेँ!
अङ्कमा हिसाब छ नोक्सान कति भो?
जसलाई विश्वास गरी हुलाकी बनाएथेँ!
के सुन्दै छु आज म उही तिम्रो पति भो!
खोजेँ मन, मन्दिरमा तिम्रो तस्बिर खोजेँ!
तिम्रो यादले जलेछ मुटु हेर कत्रो खती भो!
जे लेखेको छ भाग्यमा त्यही बेहोर्नुपर्छ रे!
यी आँखाबाट बगेर आँसु सागर जति भो!
तनहुँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 







