म के थिएँ, तिमी के थियौ, मैले बिर्सिएँ ।
सम्झिरहन्छौ या बिर्सियौ, मैले बिर्सिएँ ।
एक्लै बस्दा विगतलाई सिंहावलोकन गर्छु,
पहिलो चोटी तिमीले के दियौ, मैले बिर्सिएँ ।
खै के लेखेको रहेछु पहिलो पत्रमा त्यस्तो,
कठोर मान्छे कसरी पग्लियौ, मैले बिर्सिएँ ।
मदिरा भनेपछी सुन्न पनि नचाहाने तिमीले,
एक साँझ म सँगै किन पियौ, मैले बिर्सिएँ ।
शहर छोड्ने दिन फेरी छिट्टै भेटौँला भनेर,
न कहीँ भेटियौ, न त फर्कियौ, मैले बिर्सिएँ ।
म के थिएँ, तिमी के थियौ, मैले बिर्सिएँ ।
सम्झिरहन्छौ या बिर्सियौ, मैले बिर्सिएँ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
