वेदनाका राँप सँगै बलेकै छ जिन्दगी
चोटैचोट खाएर पनी चलेकै छ जिन्दगी ।
.
सयौँ जुनी सँगै काटने बाचाहरू त थिए,
उनको यादले पलपल गलेकै छ जिन्दगी ।।
.
कल्पनाका महलहरू एक एक गरी ढल्दा,
दुख अनी तनावहरूले छलेकै छ जिन्दगी ।
.
जीन्दगीका हर चाहना बेवारीसे बनी दिँदा,
देखावटी हाँसो देखाइ फलेकै छ जिन्दगी ।
.
वेहोसीमा वर्वराउदै वित्छन दिन रातहरू ,
अतितका यादहरूले जलेकै छ जिन्दगी ।।
भरतपुर-१९, चितवन
वेदनाका राँप सँगै बलेकै छ जिन्दगी
चोटैचोट खाएर पनी चलेकै छ जिन्दगी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
