
निर्दोष एनपी
जे भयो भयो बिर्सिदेऊ अबदेखि
सकेसम्म टाढै रहनू तिमी मदेखि
मजाकै चोट लाग्न सक्छ पछारिँदा,
नउफ्रिनू धेरै माथि यो सतहदेखि
जति दूर जाऊ उसले भेटाइहाल्छ,
कोही सक्दैन भाग्न हेर दुःखदेखि
मर्दाका मलामी वा जन्ती तिनै हुन्,
कहिल्यै गुनासो नगर्नू आफन्तदेखि
रात सँगसँगै रातको त्यो प्रेम हरायो,
तिमी, तिमी हौ म, म हुँ आजदेखि
ध.उप.म.पा १३ राजपुर, कैलाली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 








