दिवाकर भट्टराई

दिवाकर भट्टराई

खाना खानकै लागि खुर्सानी, चबाउन दिनुस्।
आज मेरो बिहे हो साथी कोट, लगाउन दिनुस्।
हिजो तपाईँको भोजले, दुई छाक बचेको थियो
सबै आउनुहोला आज मलाई, बोलाउन दिनुस्।
कहिलेकाहीँ, हाम्रो घरमा पनि मीठो पाक्नुपर्छ
बरु खोरिया फाँडौँला आगो, जलाउन दिनुस्।
अनुहारझैँ चिरिएका घरले, मुहार पक्कै फेर्नेछ
उनको आगमनपछि साम्राज्य, चलाउन दिनुस्।
पाहुनालाई सन्तुष्ट बनाउनु,अवसर हो मेरा लागि।
दुःखी छैनौँ हामी एक दुईजना, भोकाउन दिनुस्।
दमौली, तनहुँ