थोरै तर्साएजस्तो गर्छ, थोरै सम्झाएजस्तो गर्छ
यो वर्तमानदेखि , समय स्वयं रिसाएजस्तो गर्छ
आँखै अगाडि छन् कयौँ दर्दनाक दृष्यहरु
खासमा ब्युँझनु पर्ने मान्छे नै निदाएजस्तो गर्छ
सपना, विश्वास, भरोसा बाहिरिए एक-एक गरी
सम्भावनाहरु यसरी नै हराएजस्तो गर्छ
चाउरी परेको को हुन सक्ला त्यो देशजस्तै मान्छे
घरी रोएजस्तो गर्छ, घरी टोलाएजस्तो गर्छ
कोषौँ हिड्नुछ, घर पुग्नु छ, बा-आमालाई भेट्नुछ
यत्ति आसले भोको पेट पनि मुस्कुराएजस्तो गर्छ ।
जापान
(गिरिजा गैरे हाल अनेसास जापानका अध्यक्ष हुनुहुन्छ।)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला