असली सुन हौ भने,अलग्गिनुपर्छ।
केही बनेर देखाउन, पग्लिनुपर्छ।
ताप र चाप, सहेर नै बन्छ जीवन
लोहारको हातबाट,ठोक्किनुपर्छ।
मनमा पहिरो, पटक-पटक जान्छ
जमिनले पीडा, सम्हालिनुपर्छ।
दूध पनि खुवा,त्यसै कहाँ बन्छ र
दन्दनी आगोमा, उम्मलिनुपर्छ।
सरकार जग बलियो,बनाउन लाग
भूकम्पको कम्पनले,हल्लिनुपर्छ।
दमौली, तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला