कोही प्रमाण पत्र, देखाउँदै हुन्छन् ठूला

कोही दाह्री कपाल फुले, भन्दै हुन्छन् ठूला

~~~~~~~~~~~~

सम्मान त कमाउनु पर्छ, के मान्थ्यो र ऊ

कोही घमण्डी कुरा, सुनाउँदै हुन्छन् ठूला

~~~~~~~~~~~~~

खोजी अरुको खराबी, अज्ञानी देखाउन

कोही शास्त्र छिचोलेको, गर्जंदै हुन्छन् ठूला

~~~~~~~~~~~~~~

माया र सद्भाव बाँडी, सबै समान देख्ने

कोही त आफ्ना विगत, सम्झँदै हुन्छन् ठूला

~~~~~~~~~~~~~~

बुझ्नै सकेन समीपले, अर्थ के ठूला को

कोही साना अनुभव, बटुल्दै हुन्छन् ठूला

~~~~~~~~~~~~~~~

साउदी अरब