


दिवाकर भट्टराई
आऊ हात समाऊ, गुनासो छैन।
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन।
तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊँ, गुनासो छैन।
भोलि भन्नेहरूले,आजको महत्त्व कहिल्यै बुझेनन्
जाऊँ खर्च गर या जमाऊ, गुनासो छैन।
साधन हुनेहरूले नै हो, स्रोतको उपयोग गर्ने
सक्छौ हरेकलाई घुमाऊ, गुनासो छैन।
मलाई आँखामा नहेर्नू सायद ग्लानि होला
एक चिम्टी सिन्दूर थमाऊ, गुनासो छैन।
दमौली, तनहुँ



