निर्बाध घर बाहिर काल घुमिरहेको छ!
जसरी आकाशमा चिल उडिरहेको छ!
वीरबहादुर गन्तव्यमा पुग्ने हो कि हैन?
जहाँ भिर छ त्येहीँ मोटर गुडिरहेको छ!
हतासो भाँचिएको हो गुन्द्री बुन्ने क्रममा!
चकटी बनी नसक्दै तान चुँडिरहेको छ!
मान्छेको बिचारमा भ्रम प्रवाह भएपछि!
मृत्यु खोज्दै मसानघाटमा डुलिरहेको छ!
फरक परिवेशमा हामी जन्मेर हुर्केका हौँ!
आँसु पुछेर हेर त “आकाश” खुलिरहेको छ!
~-तनहुँ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला