को सुन्छ यो पुकार यो गहिरो चीत्कार यहाँ
उद्घाटनमै पो रमाइरहेछ तिम्रो सरकार यहाँ
मर्ने मरिगए बाँच्ने पनि छैनन् जिउॅंदा जस्ता
समयले यतिसम्म बनाउँदो रहेछ लाचार यहाँ
देखेर पनि अरूको नियति चाहेनौ सिक्न केही
बरु बेचिरह्यौ निर्लज्ज कसरी अदुवा बेसार यहाँ?
संसद् र सडक मात्र रहेछ बाघ बनेर गर्जिने त
दुतावास पुगेपछि त परिहाल्छन् लम्पसार यहाँ
तारा झार्छु भन्छौ भने पनि पत्याइदिउॅंला भोलि
कम्तीमा आज त नहोस् अक्सिजन हाहाकार यहाँ।।
–घोराही,दाङ, हाल- टेक्सस, अमेरिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला