रमेश प्रभात

उमेर छँदा धेरै कुरा गरिएको थियो,
उम्दा भनी छनोटमा परिएको थियो !

बुढ्यौलीमा घरिघरि याद आइराख्छन्,
आफूबाट जे जे कुरा हरिएको थियो !

पोखरीझैँ जमिबस्दा प्रगति क्यै हुन्न,
नदीजस्तै बग्दै बेँसी झरिएको थियो !

त्यतिबेला उनीमात्रै बस्थिन् मेरो दिलमा,
उनका लागि झण्डै झण्डै मरिएको थियो !

खनी खोस्री धरतीलाई खेतीयोग्य पार्दै,
‘प्रभात’ मै श्रमफल छरिएको थियो !