अर्को त फरक होला सोचें उ पनी उ जस्तै हुन्छ।
कसरी बन्ला देश काम भन्दा कुरा मस्तै हुन्छ।।
कठै देशको लगन बिग्रेर खुकुलो हुँदा पनि
सत्तामा पुगेको मान्छे आफ्नो लगन कस्दै हुन्छ।।
हाम्रो देशमा जनता मात्र गरीब हुन थाहा छ।
बाँकी नेता र मन्त्रीहरुसँग त जेनि सस्तै हुन्छ।।
मत हाल्दा सांप्रा र तीन पानेमा बिकेसी हामी।
न उन्नती न प्रगती परिणाम यस्तै यस्तै हुन्छ।।
बाग्लुङ -निसी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला