तिम्रो दुःख बुझ्नलाई पनि दुखेकै मन हुनुपर्छ
जस्तो कि फलाम कुट्न फलामकै आरन हुनुपर्छ।।
सरकारले म आत्मनिर्भर बनेको हेर्न चाहन्छ
महोदय, आत्मनिर्भर बन्न पनि धन हुनुपर्छ।।
फरक यत्ति छ एउटा पपेट र क्रान्तिकारी माझ
एकलाई पैसा र अर्कोलाई आन्दोलन हुनुपर्छ।।
हजुर! सरकार यत्तिकै कहाँ आउँछ र गाउँमा
गाउँमा आउन कि भोट कि त उद्घाटन हुनुपर्छ।।
बिक्नलाई राम्रै कुरा हुनुपर्छ भन्ने निश्चित छैन
जस्तै कुरा पनि बिक्छ बस् राम्रो विज्ञापन हुनुपर्छ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला