सम्बन्धमा कहिले ज्वालामुखी दरार आउला
सुमधुर सहयात्रामा पानी बाराबार होला ।।
जिन्दगीका गोरेटाहरू मोडैमोडसहित
जीवन कहिले झुप्रो कहिले दरबार होला ।।
शत्रुलाई कम नठान्नू मित्रै होलान् भित्र
प्रगाढमात्र हुन्न मित्रता करार होला
असहजताहरू जीवनले बोकेर ल्याउँदा
छोडेर दुःख खुसी फरार होला ।।
समान हुन्छ सबै प्रकृतिको नजरमा
चिन्नू आफ्नालाई प्रतिपक्षी सरकार होला ।।
हाल काठमाडौँ नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला