madhav bhandari

बाबा आमाले दिएको संस्कार बोकेर।।
सकारात्मक सोच अनि बिचार बोकेर।।
देश छाडी परदेशतिर लम्कँदैछ छोरो।।
घरपरिवारको माया प्रेम अपार बोकेर।
केही लाग्दो रहेनछ भाग्यमा नलेखेपछि।।
म सकिनँ बस्न घरमा व्यवहार बोकेर।
मुत्यु शय्यामा छटपटेर म लडदाखेरि।।
कोहि आएन भेट्न मलाई प्यार बोकेर।
आफ्नाहरू खै किन आफ्ना हुँदा रहेनछन्।
दुस्मन बरु कहिले आएन हतियार बोकेर।
           चितवन