घरी-घरी उसले आफ्नो औकात देखाउँछ
अरूलाई सक्दैन निर्धालाई लात देखाउँछ।।
भाषण गर्दा समानताको बहुत कुरा गर्छ
व्यवहारमा उही पुरानै जातभात देखाउँछ।।
खान त खान्छन् रोज मदिरापानी धेरैले
थोरै खाएर पनि धेरै उन्मात देखाउँछ ।।
जसले आफू मरेर अरूलाई बचायो
बैगुनि उसैलाई धार्ने हात देखाउँछ।।
दाङ्ग,घोराही।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला