साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बिहे गरेपछि…

गजल

 

दाइले आमालाई थर्कायो बिहे गरेपछि
बाउलाई बिगत फर्कायो बिहे गरेपछि
*** ***
थाल एउटै थ्यो खाने, सुत्ने पलङ एउटै
कुन्नी केले ममाथि झर्कायो बिहे गरेपछि.
*** ***
पहिला भन्थ्यो भगवान् बाआमा साथी तैँ हो
दिनरात कलह चर्कायो बिहे गरेपछि
*** ***
हुन त प्रेम कसैसँग दिगो हुँदैन यहाँ
प्यार सारेर आँखा कर्कायो बिहे गरेपछि
*** ***

सम्बन्धित पोस्टहरु

गजल

गजल

गजल

गजल

स्केच साैजन्यः राइजिङ नेपाल

प्रतिक्रिया
Loading...