
लक्ष्मण समीर
मैले आमातिर फर्किएर एकपटक हेर्न सकेको छैन
जबदेखि आमाको फाटो पटुकी फेर्न सकेको छैन
तिमी सजीव भएर पो के गर्नु प्रिय तिम्रा लागि मैले
निर्जीव तस्बिर समेत यो मनमा केर्न सकेको छैन
कति हेपियो होला ऊ जिन्दगीभर गरिबीले जसले
मरेपछि पनि बाको शरीरमा कात्रो बेर्न सकेको छैन
हेर्नुस् मरेर गएपछि पनि उसको रवाफ देख्नुहुनेछ
मलामीको भिडले पनि लासलाई घेर्न सकेको छैन
भुरिगाउँ बर्दिया-



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
