नङ र मासुको मिलनलाई जलाउनेहरू कति छन् कति यहाँ
मुखमा रामराम मनमा छुरा चलाउनेहरू कति छन् कति यहाँ
बुझ्नै नसकिने चरित्रहरू विचित्र र रङ्गीन देखिन्छन् अचेल
छेउमा बसी मायाको मिनार ढलाउनेहरू कति छन् कति यहाँ
मान-मर्यादाभन्दा रुपियाँको होड चल्छ धेरै अचेल चारैतिर
कदर मूल्य नबुझी टुप्पाबाट पलाउनेहरू कति छन् कति यहाँ
स्वाङ र स्वार्थको पोको बोकी दगुर्छन् विचारहरू जताततै
कूटनीतिको आगामा सत्य गलाउनेहरू कति छन् कति यहाँ
रगत-पसिनाको दाम केही छैन अचेल चाप्लुसीको बजारमा
चेपाइले योग्यलाई किनार लगाउनेहरू कति छन् कति यहाँ
—
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला