फोटो जलाएर याद घटाउन मिल्दैन !
जिन्दगी यस्तै रहेछ चाहे पाउन मिल्दैन !
सिलाउन मिल्ने भनेको कपडा मात्रै हो,
दूध जस्तै मन फाटे सिलाउन मिल्दैन !
म स्कुल पढ्दा यसरी नक्सा बनाइदिन्थेँ,
नक्सा बनाएझैँ देश बनाउन मिल्दैन !
मरेपछि सकियो एक मान्छेको यो जुनि,
साँझ नअस्ताई बिहान उदाउन मिल्दैन !
जाऊ बगैँचाबाट एक फूल टिपी ल्याऊ,
म प्लास्टिक हुँ शिरमा सजाउन मिल्दैन !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला