रस्मिला कवाङ “रश्मि”

तिखा सबै दाँत हुँदैनन्
हरिया सबै पात हुँदैनन्।

पानाभरि छ मौनता यहाँ
चिठीका मात्र खात हुँदैनन्।

हेराईमा त के अल्झिनु र?
त्यसमा कुनै बात हुँदैनन्।

बरु हेर निर्दोष आँखामा
जहाँ कुनै छल, घात हुँदैनन्।

मनको त कुरै नगरौँ भो
पर्दामा कहिल्यै हात हुँदैनन्।

के अर्थ सुन्दर जीवनको ?
डढेर तिखार्ने जहाँ मात हुँदैनन्।

बिहानी सुनौलो उदाएन भने त
“रश्मि” नझुल्केको रात हुँदैनन्।