खिमु के.सी.

साहुजि तपाई सङ्ग नुन छ कि नाइँ ?
बैगुनिलाई धुने साबुन छ कि नाइँ ?
भट्टिमा सबै सितन सकिएपछि पनि
ग्राहक सोध्छ अझै लसुन छ कि नाइँ ।
छोराको रातिको उडान सुनेपछि आमा
आकाशमा हेर्छिन जून छ कि नाइँ ।
धेरैलाई पढियो पल्टाएर किताबको पानासरि
भेटिन कतै लेखेको तिम्रो गुन छ कि नाइँ ।
घोराही उपमा १७,दाङ्ग