

राजु “हिमांशु” (खरसाङ)
तिमीलाई छुने चाहना खोल्दाखोल्दै रात त्यसै बित्यो
तिमीलाई चुम्ने बहाना बोल्दाबोल्दै रात त्यसै बित्यो
ठुस्स पर्ने बानी नै हो कि साँच्चै नै ठुस्किएकी
तिमीलाई फकाउने बात सोच्दासोच्दै रात त्यसै बित्यो
कसरी कतिबेला दुखिदिन्छ तिम्रो मन थाहा भएन
तिमीलाई हँसाउने आँट रोज्दारोज्दै रात त्यसै बित्यो
तिम्रो केशले मेरो अनुहार छोपिदिने फुर्सद नै भएन
मायामा फसाउने सूत्र खोज्दाखोज्दै रात त्यसै बित्यो
बित्नु त बित्छ रात त्यसरी एकलोपनमा कहिले कहिले
तिमीलाई सम्झिने यादले घोच्दाघोच्दै रात त्यसै बित्यो
टाढा हुँदा माया बस्दो रहेछ अति गहिरो बरु बेस्सरी
तिमीले दिएको न्यानोले पोल्दापोल्दै रात त्यसै बित्यो



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
