साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

भित्तामा कविता अभियान शृङ्खला १३

विगत केही महिनायता कवि सञ्जय सुमनले देशका विभिन्न ठाउँमा भित्तामा कविता अभियान सञ्चालन गरिरहेका छन् । कोरोनाकालमा गाउँ गएका उनले गाउँमा कविता ब्युँताउने उद्देश्यका साथ आफ्नै र छरछिमेकका भित्तामा कविता रङ्ग्याएर कविता ब्युँताउने प्रयास गरेका थिए ।

कोरोनाका कारण उत्पन्न परिस्थिति पुनः सामान्य हुनासाथ काठमाडौँ फर्किएपछि उनी यतिबेला राजधानी र वरपरका स्कुले भित्तामा कवितालाई ब्युँताउने प्रयास गरिरहेका छन् ।

यसपटक उनले काठमाडौँको कालोपुलस्थित बोस्टन हाइस्कुलमा कविताको बिस्कुन लगाएका छन् । उनी भन्छन्, ‘यी कविता पढेर थोरै मात्र भए पनि कविताप्रति जागृति बढ्यो भने मलाई त्योभन्दा अर्को खुसी हुने छैन ।’

आउनुस्, हामी पनि बोस्टन हाइस्कुल, कालोपुल, काठमाडौँका कविता वाचन गराैँः

 

जीवित खड्का मगर

सगरमाथा साहित्य प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष जीवित खड्का मगर गुल्मीका कवि एवं कुशल चित्रकार हुन् । उहाँका कवितासङ्ग्रह ‘’अनुभूतिका चर्चाहरू‘’ र ‘’ ईश्वरको खेती’’ प्रकाशित कृति हुन् । हाल उहाँ युएइ, दुबई बस्तै आउनुभएको छ ।

नेत्र एटम

त्रिभुवन विश्वविधालय, नेपाली केन्द्रिय विभागमा अध्यापनरत साहित्यकार, समालोचक, गीतकार तथा कवि डा. नेत्र एटम दाङ, मानपुरमा जन्मिएका हुन् । लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील एटमका विभिन्न विधाका कृतिहरू प्रकाशित छन् । कवितासङ्ग्रह ‘’प्रिय मौनता’’ उहाँको पछिल्लो प्रकाशित कृति हो ।

प्रचण्ड भास्कर

छोटा कवितामा विशेष रुचि राख्ने नवोदित कवि प्रचण्ड भास्कर कन्चनपुरका स्रष्टा हुन् ।

भूपीन

भूपेन्द्र खड्का उर्फ ‘भूपीन’ समकालीन निकै लोकप्रिय कवि तथा आख्यानकार हुन् । बाग्लुङ -बलेवा, नारायणस्थानका कवि भूपीन कविता विधाका अतिरिक्त निबन्ध र उपन्यास विधामा समेत अब्बल स्रष्टा हुन् । उहाँको पछिल्लो कृति ‘’ मैदारो’’ ( उपन्यास) निकै रुचाइएको चर्चित कृति हो ।

रामगोपाल आशुतोष

बहुप्रतिभाशाली व्यक्तित्व रामगोपाल आशुतोष भक्तपुर, दोक्छेँका कवि, गीतकार, गजलकार, रेडियो प्रस्तोता तथा पत्रकार हुन् । ‘’आशुतोषका रहरहरू ‘’ ( गजलसङ्ग्रह , २०६० ), ‘’ईश्वर र फूलहरू’’ (कवितासङ्ग्रह, २०७१) आदि उनका प्रकाशित कृति हुन् ।

शैलेन्द्र साकार

छिन्नलता सम्मानित कवि तथा कथाकार शैलेन्द्र साकार भोजपुरका स्रष्टा हुन् । उहाँका विभिन्न कृतिहरू, ‘’शैलेन्द्र साकारका कविता’’, ‘’कोलाज’’ ( कथासङ्ग्रह ), ‘’ कालपात्र र अरू कथाहरू’’, ‘’सर्पहरू गीत सुन्दैनन्’’ ( कवितासङ्ग्रह ), ‘’रामायण र अरू कथा’’ आदि प्रकाशित कृति हुन् ।

प्रतिक्रिया
Loading...