औँला दिदा हत्केला नै खोस्नेहरू छन्
फूलै दिए पनि काँडा रोज्नेहरू छन्
दयै गरी आफैँले सवैथोक सुम्पिँदा पनि
भिखारी नै भयो भनी सोच्नेहरू छन्
जीवन हो सुखैले जिउनु पर्छ भन्दा
काखमा नै मृत्यु बोकी हिड्नेहरू छन्
रहेसम्म यौवनको रसराग ताजा
नक्कली प्यारको मार भोक्नेहरू छन् ।।
, जाजरकोट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला