कृष्णकुमार तामाङ

लिएर जोखिम विदेशिनु सान ठान्ने युवाहरु
काम पाएर गुजारा चल्नु जित मान्ने युवाहरु

सम्याएर दुखको डंगुर बाँच्ने स्तर उकास्न
वेदनालाई लुकाई सधैँ हाँसो छान्ने युवाहरु

सुनिश्चित काम अभावले भौँतारिरहँदा पनि
कठोर पसिनाको मूल्यले देश धान्ने युवाहरु

अदम्य आँट र सिर्जना श्रम भएकाहरुलाई
निःस्वार्थ भावमा काम लगाउन जान्ने युवाहरु

युगौँ भयो देशले खोजेको बाँकी पुस्ताहरुमा
रह्यो विकल्प मात्र तिमी प्रविधि तान्ने युवाहरु ।