अनिल बराल

आवश्यक छैन चढाउन फूल पत्थरमा
पुज्नुस जीवित बाआमालाई हर घरमा
कसैलाई निरीह सम्झेर लात नहाल्नुस्
काम आउन सक्छ उस्कै कुनै अवसरमा
उडेको बालुवा हुँ आँखामा बिझाउन सक्छु
लगेर छोडीदेउ मलाई त्यही बगरमा
गल्ती मेरै थियो त्यसैले हसाउन सकिन
सधै मुस्कान देख्न पाउँ तिम्रो अधरमा