कोइराला मनिषा

मुग्ध बनायौ तिमीले, प्यासी भए यी नयन
तिमी भानुभक्त प्रेमको, घाँसी भए यी नयन
स्निग्ध गङ्गा प्रेमको,  तिमी नै भएर पो त
चोख्याउन आफैँलाई, बासी भए यी नयन
मिलाउँला कुन्डली नै, गुण दोष केलाउँला
जन्म नक्षत्र अनुकूल,  राशि भए यी नयन
तिमी जोगी भए जोगिनी, राजा भए रानी म
तिम्रै  गतिमा बहने ,  दासी  भए यी  नयन
स्थिर भए पाइला, गन्तव्यविहीन यात्री म
चालक बनिदेऊ आऊ, खलाँसी भए यी नयन ।