साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

कला चुडालको गजल

जुँगामा ताऊ लाउँदै  मलाई नाच भन्छौ
आफू पत्थर बन्छौ मेरो जीवन काँच भन्छौ

के लुकाउनु र अनुहार सब ऐनाले  देखाउँछ
लाजै पचाएर सामाजिक पर्खाल भाँच भन्छौ

लतार्दै हिँडेका छौ बनी मालीको नकावमा
सुन्दर फूल निमोठ्दै केमिकलमा सांँच भन्छौ

सम्बन्धित पोस्टहरु

पर्दाअगाडि नायक तिमी पछाडि खलनायक
अशुद्ध पार्छौ आफैँ अनि शुद्धता जाँच भन्छौ

एसिड र रगतको आहालमा डुबाएर पुग्दैन
घाँटी थिचेर मार्छौ, अनि जुझारु भै बाँच भन्छौ

 

भर्जिनिया,  अमेरिका

प्रतिक्रिया
Loading...