तिमी प्रिय मेरो भावना कविता,
तिमी शब्द शिल्पी सृजना कविता ।
तिमीमै मेरा सुकर्म समर्पित,
तिमी तृप्ति मेरा चाहना कविता ।
आकांक्षा तिमी पूजा र सम्मान,
पबित्र सुन्दर कामना कविता ।
तिमी झुल्छौ भित्री हृदयको डाली,
अनन्त आनन्द कल्पना कविता ।
तिमी लक्ष्य मेरो विजय र प्राप्ति,
तिमी सधैँ हौ आरधना कविता !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला