Chovar Blues Mobile Size

जिन्दगी यो बिताउनु हुन्न झिनो रहरमा आज
बेकार छ ठुस्किनु छालका लहरमा आज ।

समय बित्दैछ छ निरन्तर, मान्छे बदलेन
परिवर्तनका कुरा नगर तिम्रो सहरमा आज

धेरै पटक रुँगिसकेँ सफलतालाई मैले
सफलता पाउनुपर्छ जीवनको बगरमा आज

बेलामौकामा गर्दै हिँडे ख्याल–ठट्टाहरु
असल हुनुपर्छ मैले सबैको नजरमा आज

लोक–जगत् हाँस्नेछन् मेरो यस्तो चाला देखी
यसरी रुनु हुन्न क्षणिक कहरमा आज

बीचैमा रोक्नुहुन्न गन्तव्यमा पुग्नलाई
कमाउनुपर्छ नाम मैले पुगेर सगरमा आज ।