गजल
कुदेको त म छु यता, तँ पो हस्याङफस्याङ् गर्छस्
ए जिन्दगी ! किन मलाई सँधैभरि ल्याङल्याङ् गर्छस्
लुट्छस् मेरै खुशी, अनि खेल्छस् मेरै भावनामा
भो भो अब बन्द गर् यो, कति उट्पट्याङ् गर्छस्
लिँदा लिन्छस् हाताहाति, पर्खाउँछस् दिने बेला
कि दे फ्याट्ट, हैन भने केको लर्याङमर्याङ् गर्छस्
जान्न पनि जानेको छस् ढाँचा कति अनेकथरी
खुट्टा मेरो भाँचिदिन्छस्,आफू खच्याङखच्याङ् गर्छस्
सुत्छु अब निदाउन दे नबिउँझिने तरिकाले
कि आउँछस् अझै पनि, र ढोका ढ्याङ्ढ्याङ् गर्छस्
(डेनमार्क)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला