लक्ष्मण समीर

गजल
आजभोलि तिम्रो राम्रो, आम्दानी रहेछ
रहेछ  आम्दानीको स्रोत, जवानी रहेछ
म मिहिनेत गरिरहेँँ न रात, न दिन भनेर
बल्ल था’भो मेरो, भाग्यमै खराबी रहेछ
दाउरा चिसो भएर  जब, लास जल्दैन
भन्ने गर्छन् मलामि,  साला पापी रहेछ
हो म विरोध गरिरहन्छु, गलत कामको
नभन्नहोस् मलाई यो , अतिवादी रहेछ
भुरिगाउँ बर्दिया, हाल गल्छि धादिङ-