कहिले वार त , कहिले पार भइरहन्छ
तिम्रा यादहरु हर दिन सवार भइरहन्छ ।

एकैछिन नदेखुँ या एकैछिन नभेटुँ तिम्लाई
सोच्छु यो मन किन किन भार भइरहन्छ ।

प्रश्न गर्नुहोस् न, जिन्दगी के हो भनेर ?
हर सवालपछि उत्तर दोधार भइरहन्छ ।

सोच्छु, जिन्दगी त खेल हो, म मैदान हुँ
कहिले जित त कहिले हार भइरहन्छ ।

गोर्खा, नेपाल