कयौं चोट खेपी म हाँसी रहेछु
सधैँ घाउ सेकी म हाँसी रहेछु ।
अहो रात मेरा डुबेका नयन यी
लुकाएर केही म हाँसी रहेछु ।
शराबी बनायौ पुजारी भएथेँ
डुबायौ नि ठेली म हाँसी रहेछु ।
दिलै यो बनायौ हजारौं चिरामा
सुरामा म हेली म हाँसी रहेछु।
मदानी बनेछौ सधैँ चोट लाग्छ
बनेरै त ठेकी म हाँसी रहेछु ।
बहर:-मुतकारिब मुसम्म्न सालिम
विराटनगर १
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला