आजभोलि तिम्रो राम्रो, आम्दानी रहेछ
रहेछ आम्दानीको स्रोत, जवानी रहेछ

म मिहिनेत गरिरहेँ न रात, न दिन भनेर
बल्ल था’भो मेरो, भाग्यमै खराबी रहेछ

दाउरा चिसो भएर जब, लास जल्दैन
भन्ने गर्छन् मलामी, साला पापी रहेछ

हो म विरोध गरिरहन्छु, गलत कामको
नभन्नहोस् मलाई यो, अतिवादी रहेछ

भुरिगाउँ बर्दिया,
हालः गल्छी, धादिङ