
लक्ष्मण समीर
छोरो डाक्टर भएकोमा बाबुले बधाई दियो
छोराले बिहे गर्यो बालाई आश्रम पठाईदियो
के दिएन भन तिम्रो शहरले, सबथोक दियो
पैसा जोखेर तराजुमा, सम्बन्ध थमाईदियो
म मित्र भनेर उसको नजिकै के गएको थिएँ
उसले मायाले सुमसुम्याउँदै, घाँटी दबाईदियो
रेमिटेन्सले काठमाडौंमा महल ठड्याउनलाई
सरकारले नै नागरिकलाई सिमा कटाईदियो



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
